देउवाको गृह जिल्लामा वडा अधिवेशन आह्वान गरिनु दुःखद : शेखर कोइरला
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले डडेल्धुरामा वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताएका छन् ।
मंगलबार विहान सामाजिक सञ्जालमार्फत कोइरालाले क्रियाशील सदस्यता नसच्याइ आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताए । मंगलबार निर्वाचन अधिकृतले भदौ २५ गतेका लागि वडा अधिवेशनको मिति तोकेका छ ।
‘सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ?,’ उनले लेखेका छन् ।
कोइरालाले नेपाली काँग्रेस डडेलधुराका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताए ।
‘यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाईंदै छ भन्ने प्रमाण दिन्छ ,’ उनको भनाइ छ ।
केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको कृष्णप्रसाद सिटौला नेतृत्वको समितिको विश्वसनीयतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको कोइरालाले बताए ।
‘म उहाँहरुलाई यस सम्बन्धमा आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न आग्रह गर्दछु,’ उनले भने ।
डडेल्धुरा घटनाले सबैलाई नराम्ररी झस्काएको भन्दै महाधिवेशन नगर्ने वहाना त हैन भन्दै उनले प्रश्न गरे । ‘यसरी महाधिवेशनको प्रकृया पुरा हुन्छ भन्नेमा म विश्वस्त हुन सक्दिन । साथीहरु सबै सचेत बनौँ । आफ्नो आफ्नो स्थानबाट विरोध गरौ,’ उनको आह्वान छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन