शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको पार्टी सहभागी हुने निश्चित

बुधबार, २३ भदौ २०७८, १४ : १०
बुधबार, २३ भदौ २०७८

प्रदेश २ मा चौथो ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) त्यहाँको सरकारमा सहभागी हुने भएको छ ।

हाल जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी रहेकोमा माधव कुमार नेपाल नेतृत्वको समाजवादी पनि सहभागी हुने भएको हो । नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद मञ्जु यादवले सनाखतको कार्य सकिएको बताउँदै प्रदेश २ मा पार्टीको ‘पोजिसन’ राम्रो रहेको बताइन् ।  उनले पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने बताइन् ।

‘अध्यक्ष माधवकुमार नेपालले प्रदेश २ को सरकारमा सहभागी हुने भनिसक्नु भएको छ, त्यसको आन्तरिक तयारी पनि सुरु भएको छ, तर औपचारिकता दिइएको छैन, उनले भनिन्, ‘केन्द्रीय तहबाट निर्देशन आउने वित्तिकै अघि बढ्छौँ ।’

भदौ २२ गतेसम्म लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत हुने कार्यक्रम रहेकाले मन्त्रिमण्डल विस्तार रोकिएको थियो । सनाखतकै कारण केन्द्र तथा प्रदेशमा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको हा । अब सनाखतको काम सकिएकाले केन्द्रदेखि प्रदेशसम्म मन्त्रिमण्डल विस्तार हुने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए ।

प्रदेश २ को सरकारमा पार्टी सहभागी हुने निश्चित रहेको उनको भनाइ छ । उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुने विषयमा जसपाका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल चलिरहेको छ, केन्द्रको मन्त्रिमण्डल विस्तार हुने वित्तिकै प्रदेशको टुंगो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप