शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी खारेजीको माग गर्दै २२ संगठनको प्रदर्शन (तस्बिरहरु)

बुधबार, २३ भदौ २०७८, १४ : ५०
बुधबार, २३ भदौ २०७८

एमसीसी खारेजीको माग गर्दै विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन् ।

२२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

त्यसक्रममा उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयारी गरिरहेका बेला सडकमा त्यसविरुद्धको प्रदर्शन चर्कंदै जान थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप