लुम्बिनी प्रदेशमा जसपाबाट मनोनित सांसद निर्मलाले लिइन् शपथ
बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । रुपन्देही निवासी निर्मलालाई बुधबार सभामुख पूर्णबहादुर घर्तीले शपथ गराएका हुन् ।
अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।
यसअघि लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्नेमा सन्तोष पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित थिए भने कल्पना पाण्डेय समानुपातिक तर्फबाट निर्वाचित थिइन् ।
प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएपछि उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने व्यवस्था छ भने समानुपातिक तर्फको सांसदको हकमा भने सम्बन्धित दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूचीका आधारमा मनोनित गर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण