शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा जसपाबाट मनोनित सांसद निर्मलाले लिइन् शपथ

बुधबार, २३ भदौ २०७८, १५ : ३८
बुधबार, २३ भदौ २०७८

बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । रुपन्देही निवासी निर्मलालाई बुधबार सभामुख पूर्णबहादुर घर्तीले शपथ गराएका हुन् ।

अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।

यसअघि लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्नेमा सन्तोष पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित थिए भने कल्पना पाण्डेय समानुपातिक तर्फबाट निर्वाचित थिइन् ।

प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएपछि उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने व्यवस्था छ भने समानुपातिक तर्फको सांसदको हकमा भने सम्बन्धित दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूचीका आधारमा मनोनित गर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप