शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसहित चितवनका संघीय सांसदलाई एमसीसीबारे जवाफ दिन तीन दिने अल्टिमेटम

बुधबार, २३ भदौ २०७८, १६ : १८
बुधबार, २३ भदौ २०७८

एमसीसी खारेज अभियान संयुक्त संघर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठलाई पत्र पठाउँदै तीन दिनभित्र एमसीसीबारेको धारणा पठाउन भनेको हो । विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जननिर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको समितिका संयोजक फणीन्द्र आचार्यले जानकारी दिए ।

देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । उनीहरु चारै जनालाई मेलमार्फत पत्र पठाएको पौडेलले बताए । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरूका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप