प्रचण्डसहित चितवनका संघीय सांसदलाई एमसीसीबारे जवाफ दिन तीन दिने अल्टिमेटम
एमसीसी खारेज अभियान संयुक्त संघर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठलाई पत्र पठाउँदै तीन दिनभित्र एमसीसीबारेको धारणा पठाउन भनेको हो । विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जननिर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको समितिका संयोजक फणीन्द्र आचार्यले जानकारी दिए ।
देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । उनीहरु चारै जनालाई मेलमार्फत पत्र पठाएको पौडेलले बताए । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरूका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलको भनाइ छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण