संसदमा एमालेको नारा : सभामुख मूर्दावाद !
नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन । सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए ।
सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
संसदीय नियमावली अनुसार ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने’ व्यवस्था छ ।
सभामुखले उल्लेख गरेको धारा र नियमावलीमा के छ ?
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ माग्दै नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।
के छ संविधानको धारा १०५ मा ?
संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बहस गर्न बन्देज गरेको छ । प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलफल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन
-
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
-
बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव
-
कोशीका मुख्यमन्त्री र मुख्य न्यायाधिवक्तालाई कारबाही हुनसक्छ ?
-
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला दिनभरको मौसम ?