बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केपीका सन्तानले संसदको रोष्टम घेरे : सांसद मेटमणि चौधरी

बुधबार, २३ भदौ २०७८, १६ : ५९
बुधबार, २३ भदौ २०७८

नेकपा एकीकृत समाजवादीका सांसद  मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् ।  बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि फेसबुकमार्फत आलोचना गरेमा हुन् ।

उनले लेखेका छन्, ‘हेर्दाहेर्दै ! प्रदेशमा  मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप