लगानी बोर्डको लक्ष्य : पाँच वर्षमा १२ खर्ब विदेशी लगानी
लगानी बोर्ड नेपालले आगामी पाँच वर्षभित्र १० अर्ब अमेरिकी डलर (करिब १२ खर्ब रुपैयाँ) विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य राखेको छ ।
स्थापनाको दशौं वार्षिकोत्सव मनाएको बोर्डले आज (बुधबार) यो लक्ष्य घोषणा गरेको हो । बोर्डले विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित आफ्नो रणनीतिक योजना सार्वजनिक हो ।
प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष शेरबहादुर देउवा बोर्डको पाँच वर्षे व्यावसायिक योजना (२०७८-८२) सहितको उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।
बोर्डले रणनीतिक योजना अवधि अर्थात पाँच वर्षभित्र १० अर्ब अमेरिकी डलर बराबर लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरका सार्वजनिक-निजी-साझेदारी (पीपीपी) परियोजना व्यवस्थापन गर्ने र कम्तीमा एक लाख रोजगारी सृजना गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
यसैगरी, प्रभावकारी लगानी प्रवर्द्धनद्वारा लगानी वातावरण सुधार गर्न योगदान पुर्याउने तथा लगानी बोर्डलाई सार्वजनिक-निजी साझेदारीको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने पाँचवटा मूल लक्ष्य राखेको छ । उक्त रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास, तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच बोर्डले राखेको छ ।
२०६८ सालमा स्थापना भएको बोर्डले 'लगानी बोर्डको १० वर्ष : आर्थिक समृद्धिका लागि साझेदारी' मूल नाराका साथ दशौं वार्षिकोत्सव मनाएको हो । सो अवसरमा कार्यालयले तयार गरेको 'नेपाल इन्भेष्टमेन्ट गाइड २०२१' तथा 'कफी टेबल बुक' समेत सार्वजनिक गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण