गण्डकीमा १६३ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको नमुना परीक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८१ महिला र ८२ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की ७६, बागलुङ ६, स्याङ्जा १५, म्यादी १ पर्वत ३,गोरखा ७, लमजुङ १२ , तनहुँमा १२ र नवलपुरमा ३१ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ९९२ पुगेको छ ।
गण्डकी पप्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा पोखरा–३२ का ७८ बर्षिय कोरोना संक्रमित पुरुष, पोखरा–१३ की ६५ बर्षिय महिला, बागलुङ जैमिनी–७ की ३९ बर्षिय महिला र तनहँु ब्यास –१२ की ४० बर्षिय कोरोना संक्रमित महिला रहेका छन् ।योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२० पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ५९१ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या २ हजार ८१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण