बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १६३ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

बुधबार, २३ भदौ २०७८, १७ : ४१
बुधबार, २३ भदौ २०७८

गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको नमुना परीक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८१ महिला र ८२ जना पुरुष रहेका छन् ।

प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्की ७६, बागलुङ ६, स्याङ्जा १५, म्यादी १ पर्वत ३,गोरखा ७, लमजुङ १२ , तनहुँमा १२ र नवलपुरमा ३१ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ९९२ पुगेको छ ।

गण्डकी पप्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा पोखरा–३२ का ७८ बर्षिय कोरोना संक्रमित पुरुष, पोखरा–१३ की ६५ बर्षिय महिला, बागलुङ जैमिनी–७ की ३९ बर्षिय महिला र तनहँु ब्यास –१२ की ४० बर्षिय कोरोना संक्रमित महिला रहेका छन् ।योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२० पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ५९१ पुगेको छ ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या २ हजार ८१  पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप