यी व्यक्तिले लगातार साढे ९ घण्टा गरे प्ल्याङ्क, बनाए विश्व कीर्तिमान
प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् ।
एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् ।
ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन् । फेब्रुअरी सन् २०२० मा संयुक्त राज्य अमेरिकाका जर्ज हुडले यसअघि यो रेकर्ड आफ्नो नाममा पारेका थिए । उनी त्यतिबेला ६२ वर्षका थिए ।
स्क्यालीका जटिल सिन्ड्रोमका कारण यस्तो गर्न सफल भएका हुन् । १२ वर्षको उमेरमा हात भाँच्चिएपछि उनलाई यसरी बस्दा आराम मिल्थ्यो, यसैकारण उनलाई लामो समयसम्म यस्तो गर्न बानी परेको थियो ।
स्केलीले गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई भने, ‘मेरो मस्तिष्कले मेरो हातको प्रभावित क्षेत्रलाई गलत सन्देश पठाउने गर्दथ्यो । कोमल स्पर्श, गति, हावा, पानीजस्ता कुनै पनि कुराले मलाई पीडा दिन्थ्यो ।’
उनले थपे, ‘पीडाबाट राहत पाउने प्रयासमा आफ्नो प्रभावित हातमार्फत् मैले प्ल्याङ्क गर्न सुरु गरेँ ।’
‘प्ल्याङ्क गर्ने बेला मेरा खुट्टा निदाएका थिए, मेरो घुँडा भतभती पोलेको थियो, बायाँ हातमा आगै लागेको छ कि जस्तो महसुस भएको थियो तर अन्त्यमा यी सबै कुराले मिलेर मलाई यो लायक बनायो,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण