तालिवान विरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति
शनिबार, ०९ असोज २०७८, २१ : ४६

अमेरिकाले तालिवान विरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरूलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।
तालिवानीमाथि प्रतिवन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ ।
लामो समयको युद्धसँगै अफगानिस्तानमा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो । २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै