बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपाले गीत मार्फत् ‘हसाउने रुवाउने’

शुक्रबार, १७ कात्तिक २०७४, १३ : २१
शुक्रबार, १७ कात्तिक २०७४

काठमाडौं – पछिल्लो समय सांगीतिक क्षेत्रमा गायक गायिकाले आफ्नो नयाँ गीत भिडियोसहित सार्वजनिक गर्ने लहर चलेको छ । यो भीडमा गायिका दीपा पन्त पनि देखिए    की छन् ।

गायिका दीपाले आफ्नो नयाँ आधुनिक गीत ‘हसाउने रुवाउने’ भिडियोसहित सार्वजनिक गरेकी छन् । बिआर मित्रको शब्द र तारप्रकाश लिम्बुको संगीत रहेको गीतमा उनले मधुर आवाज गरेकी छन् । उनको कभर भिडियो एक्का कम्पनीले निर्माण गरेको हो, भने छायाँकन आर्यन खड्का र बिष्णुले गरेका छन् । 

दीपा साङ्गीतिक फाँटमा राम्रै चिनिएकी गायिका हुन् । ‘दिलको बदला दिल दिए’, ‘रियालिटी’ र ‘कालो गाजल’ लगायत चार एल्बम सार्वजनिक गरेकी दीपा युवापुस्ताले रुचाइएकी गायिका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप