शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कपुरधारामा डेरा खानतलासी गर्दा पेस्तोल भेटियो

मङ्गलबार, ०९ कात्तिक २०७८, ०८ : ०६
मङ्गलबार, ०९ कात्तिक २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुर धारा स्थित एउटा घरमा खानतलासी गर्दा पेस्तोल फेला परेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरा खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।  मिलन सोलुखुम्बु देउसाका स्थानिय हुन् । 

करिब ७ महिनादेखि सम्पर्क विहिन भएर डेरा भाडा समेत नतिरेपछि घरधनीको आग्रहमा वडा कार्यालयले कोठा खाली गर्न खानतलासी गरेको थियो । कोठामा एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली भेटिएको छ । पेस्तोलबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप