बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओमको ‘बटरफ्लाई’ मा प्रियंकाको हट अवतार

आइतबार, १९ कात्तिक २०७४, १८ : ०६
आइतबार, १९ कात्तिक २०७४

काठमाडौं – जनयुद्धको कथामा चलचित्र ‘फकिए आउँ’ निर्देशन गरेका ओम प्रतिक गुरुङले अर्काे चलचत्रि ‘बटरफ्लाई’ बनाएका छन् । चलचित्रको छायाँकन भर्खर सकिएको छ । ‘मायाका रङहरु’ गीतको छायाँकन गर्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो । 

गीतमा आर्यन अधिकारी र प्रियंका कार्कीले अभिनय गरेका थिए । गीतमा प्रियंकाले केही बोल्ड लाग्ने दृश्यहरु दिएकी छिन् ।

गीत छिट्टै नै रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ । पुष्पान्जली अधिकारी(सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । 

सुरेश बज्राचार्यको छायाँकन रहेको चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको छ । २८ पुसबाट चलचित्र प्रदर्शनमा आउँने तयारीमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप