बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुडानका चार मन्त्री रिहा

शुक्रबार, १९ कात्तिक २०७८, १४ : ००
शुक्रबार, १९ कात्तिक २०७८

सुडानका सैन्य जनरल अब्देल फताह अल बुर्हानले बन्दी बनाइएका चारजना मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन् । गत साता सेनाले सत्ता कब्जा गरेयता यी मन्त्रीहरुलाई पक्राउ गरिएको थियो ।

सरकारी सञ्चारमाध्यम सुडान टिभीका अनुसार टेलिकम्युनिकेसन्स मन्त्री हसिम हसाब अल्रासोल, उद्योग मन्त्री अलि गेड्डो, सूचना मन्त्री हम्जा बालोउल र युवा तथा खेलकुद मन्त्री युसुफ एडम रिहा भएका हुन् । अन्य मन्त्रीहरु भने हिरासतमै छन् । 

बिहीबारमै अल बुर्हानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् । उनले यसक्रममा चाडैं मन्त्रिमण्डल बिस्तार गर्ने सहमति जनाएको बुर्हानको कार्यालयले जनाएको छ । यता, अमेरिकी विदेश मन्त्रालयले पनि यस विषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ ।

अमेरिकाका अनुसार फोनवार्ताका क्रममा सबै राजनीतिक बन्दीहरुलाई तत्काल रिहा गर्न ब्लिन्कनले माग गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री अब्दाल्ला हम्दक नेतृत्वको सरकारलाई पुनस्र्थापित गर्नेगरी छलफल गर्नुपर्ने माग पनि ब्लिन्कनले राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप