सुडानका चार मन्त्री रिहा
सुडानका सैन्य जनरल अब्देल फताह अल बुर्हानले बन्दी बनाइएका चारजना मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन् । गत साता सेनाले सत्ता कब्जा गरेयता यी मन्त्रीहरुलाई पक्राउ गरिएको थियो ।
सरकारी सञ्चारमाध्यम सुडान टिभीका अनुसार टेलिकम्युनिकेसन्स मन्त्री हसिम हसाब अल्रासोल, उद्योग मन्त्री अलि गेड्डो, सूचना मन्त्री हम्जा बालोउल र युवा तथा खेलकुद मन्त्री युसुफ एडम रिहा भएका हुन् । अन्य मन्त्रीहरु भने हिरासतमै छन् ।
बिहीबारमै अल बुर्हानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् । उनले यसक्रममा चाडैं मन्त्रिमण्डल बिस्तार गर्ने सहमति जनाएको बुर्हानको कार्यालयले जनाएको छ । यता, अमेरिकी विदेश मन्त्रालयले पनि यस विषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ ।
अमेरिकाका अनुसार फोनवार्ताका क्रममा सबै राजनीतिक बन्दीहरुलाई तत्काल रिहा गर्न ब्लिन्कनले माग गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री अब्दाल्ला हम्दक नेतृत्वको सरकारलाई पुनस्र्थापित गर्नेगरी छलफल गर्नुपर्ने माग पनि ब्लिन्कनले राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण