बारामा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु
आइतबार, २८ कात्तिक २०७८, १२ : ४७
बारामा मोटरसाइकल दुर्घटनामा परेर २ युवकको मृत्यु भएको छ । बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा परेर २ युवकको ज्यान गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ३ जना सवार ना ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा कोहल्वी १ बस्ने धर्मेन्द्र चौधरीका २० वर्षीय छोरा सागर चौधरी र सोही ठाउँका मदन चौधरीका १९ वर्षीय छोरा सुशील चौधरीको मृत्यु भएको हो।
शनिबार राती साढे ८ बजे मोटरसाइकलमा सबार युवकहरू बटौलियाको बर्थिङ्ग सेन्टरको ढोकामा ठोकिएका थिए । सोही क्रमममा युवकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार कोल्हवी ९ का २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएको प्रहरीको भनाई छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण