बारामा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु
आइतबार, २८ कात्तिक २०७८, १२ : ४७

बारामा मोटरसाइकल दुर्घटनामा परेर २ युवकको मृत्यु भएको छ । बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा परेर २ युवकको ज्यान गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ३ जना सवार ना ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा कोहल्वी १ बस्ने धर्मेन्द्र चौधरीका २० वर्षीय छोरा सागर चौधरी र सोही ठाउँका मदन चौधरीका १९ वर्षीय छोरा सुशील चौधरीको मृत्यु भएको हो।
शनिबार राती साढे ८ बजे मोटरसाइकलमा सबार युवकहरू बटौलियाको बर्थिङ्ग सेन्टरको ढोकामा ठोकिएका थिए । सोही क्रमममा युवकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार कोल्हवी ९ का २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएको प्रहरीको भनाई छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न