यौनसम्बन्ध राख्न चाहाँदैनन् यी देशका मानिसहरु, यस्तो छ कारण
अमेरिकाका धेरै व्यक्तिहरुमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ । रिपोर्टका अनुसार यहाँ मानिसहरुमा यौन चाहाना हराउँदै गएको छ । लगभग ३० प्रतिशत व्यक्तिहरुले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौनसम्बन्ध नराखेको बताए । अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली ग्रोथको सन् २०११ र २०१९ को डाटाहरु तुलना गर्दा अमेरिकी युवाहरुमा यौन चाहाना कमी हुँदै गएको पाइएको हो ।
डाटाका अनुसार अमेकिरी युवाहरुले कम मात्रा यौनसम्बन्ध गरिरहेका खुलेको छ । आफ्नो पार्टनर हुँदाहुँदै पनि शारीरिक सम्बन्धप्रति इच्छा नदेखाएको पत्ता लागेको छ । सर्भेमा सहभागी केही महिलाहरुले केही वर्षसम्म नै यौनसम्बन्ध नराखेको खुलेको छ । रिपोर्टका अनुसार पार्टनरसँग बस्ने वा विवाहित मानिसहरुभन्दा एक्लै रहनेहरुको संख्या धेरै पाइएको छ । सर्भेका अनुसार ५ प्रतिशत विवाहितहरुमध्ये कतिले एक वर्षसम्म पनि यौनसम्बन्ध नराखेको खुलेको छ ।
किन यस्तो हुन्छ ?
अमेरिकी समाजशास्त्री तथा मनोवैज्ञानिकहरुले युवाहरुमा यौन चाहानामा कमि आउनुको कारण पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेका छन् । स्कट साउथ र लेई लेईले आफ्नो अनुसन्धानबाट केही तथ्यहरु पत्ता लगाएका छन् । उनीहरुका अनुसार लामो समयसम्म सम्बन्धमा नरहनु, विवाह र सामाजिक रितीरिवाज, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अत्यधिक मदिरा सेवन, भिडियो गेमको लत, पोनोग्राफी जस्ता कुराले यौनजीवन बर्बाद बनाउँछ । विशेषज्ञका अनुसार कोरोनाका कारण आइसोलेसनमा बस्नुपर्ने भएकाले पनि विनायौनसम्बन्ध रहने बानी परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
-
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
-
पहिलोपटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
-
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु