महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित
सोमबार, ०६ मङ्सिर २०७८, १४ : ५३
महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु, हङकङले नेपाललाई अतिरिक्तमा २७ रन दिएको थियो । हङकङका लागि बेट्टी चान र करी चानले एक÷एक विकेट लिए ।
१०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका मारिको हिलले अविजित ४३, करी चानले १७, नताशाले १६ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण