प्रधानमन्त्री जोनसन भन्छन्– बेलायत ओमिक्रोनविरुद्धको आपतकालिन युद्धमा छ
सोमबार, २७ मङ्सिर २०७८, १० : ५३
बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ’ उनले भने ।
ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पुर्याइएका बेला प्रधानमन्त्रीको भनाई सार्वजनिक भएको हो । चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ । पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो ।
कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन् । बेलायतले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण