‘भाईरल भैदियो’मा आठ बर्षीया बालिका दीक्षाको नृत्य
काठमाडौं – गायक तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ती युवक देखिन्छन् । गीतमा आठ बर्षीया दीक्षा ठकुरीको पनि नृत्य छ ।
शब्द पनि उनकै रहेको गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका हुन् । धादिङकी आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय शुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलीजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।
गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ’पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ’रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो । त्यस्तै, चलचित्र ’डायरी’को चर्चित ‘माया माया’मा मानसको शब्द तथा संगीत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण