विश्वकै पहिलो घटना : कार गुडिरह्यो, महिलाले फ्रन्ट सिटमै बच्चा जन्माइन् ; कसरी भयो सम्भव ?
अमेरिकाको फिलाडेल्फियामा एक महिलाले कारको अगाडिको सिटमा बच्चा जन्माएकी छिन् । सेप्टेम्बर महिनामा जन्मिएको उक्त बच्चालाई ‘पहिलो टेस्ला बेबी’ नामकरण गरिएको छ ।
फिलाडेल्फियाकी बासिन्दा ३३ वर्षीया यिरान सेरी आफ्ना ३४ वर्षे श्रीमान् कियटिङ र तीन वर्षका छोरा राफा सँग कारमा थिइन् । त्यति नै बेला उनको ‘वाटर ब्रेक’ भयो ।
‘हामीले यो स्थितिलाई सम्हाल्न सक्छौं जस्तो लाग्यो,’ पेन्सिल्भानियाकी यिरानले भनिन् । दुई सन्तानकी आमाले दिएको जानकारी अनुसार उनका श्रीमान् कियटिङले अस्पताल जानका लागि आफ्नो कारलाई अटोपाइलट मोडमा राखे । तर उनकी छोरी मियभी लिलीले योजना भने भिन्न रहेछ ।
‘मलाई याद छ, मैले कियटिङलाई ‘मलाई लाग्छ उनको टाउको बाहिर निस्किएको छ’ भनेको थियो । उनको टाउको बाहिर निस्किएको जस्तो भान भएको थियो । तर मेरो ध्यान म्यापमा मात्रै केन्द्रित थियो । हामी कहाँ छौँ भनेर म हेरिरहेको थिएँ ,’ ३३ वर्षीया आमाले स्मरण गरिन् । यी दुईले यस्तो स्थितिको सामना गरिराख्दा उनीहरुका तीन वर्षका छोरा भने कारको पछाडिको सिटमा थिए । फिलाडेल्फिया इन्क्वायररसँग कुरा गर्दै ती महिलाले आफ्ना श्रीमानलाई पहिला छोरालाई स्कूल पुर्याउन र त्यसपछि अस्पताल जान भनेको जानकारी दिइन् ।
My wife courageously delivered our baby girl, Maeve, in the front seat of our @Tesla model 3 en route to the hospital - here’s the story @PhillyInquirer ! @elonmusk @Tesla thx for the autopilot 🤝💯 #tesbaby https://t.co/JPMfh7AyhN
— Keating Sherry (@KeatingSherry) December 16, 2021
रियानका श्रीमानले अस्पताल जाँदा ट्राफिकको फसेको घटना स्मरण गरे । ‘मैले यिरानलाई, ओके, आफ्नो सासमा ध्यान केन्द्रीत गर भनेँ । यो सल्लाह मेरो लागि पनि थियो । म निकै हताश थिएँ । मैले छोरालाई ‘राफा, सबैकुरा राम्रो छ । तिम्री बहिनीको आगमन हुँदैछ भनेँ’’, दुई सन्तानका पिताले भने ।
‘तर सबैभन्दा पीडा त्यतिबेला भयो जब बल गरेर छोरी जन्माउने हो कि बच्चालाई बाहिर आउन नदिने भन्ने रनभुल्लमा परियो । ‘मैले पुस गरे कि रोकिने ?, ’ यो कुरा मैले बारम्बार दोहोराइरहेको थिएँ,’ उनले स्मरण गरिन् ।
अन्ततः उनले कारभित्रै छोरी जन्माइन् । अस्पताल पुगेपछि नर्सले कारको फ्रन्ट सिटमा नै नाल काटिदिइन् ।
उनले भनिन्, ‘हामी अब बिदामा रमाइलो गर्न चाहन्छौं र परिवारसँग उत्कृष्ट समय बिताउन चाहन्छौं,’ कियटिङले भने । ‘क्रिसमसको झिलिमिली हेर्न हामी ड्राइभमा जानेछौँ । आशा गरौं कुनै आपतकालीन अवस्था सिर्जना नहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण