पोर्नको लत लागेकी महिलाले गरिन् यस्तो गल्ती, जीवन भयो बर्बाद
केही व्यक्तिहरु पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरुको यसबाहेक अरु कुनै कुरामा ध्यान नै जाँदैन । सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ । केही व्यक्तिहरु यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन् । जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ । यसै लतबाट पीडित एक महिलाले आफ्नो कथा सामाजिक सञ्जालमा सेयर गरेकी छन्
ती महिलाले लेखेकी छन्, ‘आफ्नो पार्टनरसँगको यौन जीवन सुखमय बनाउन लागि मैले पोर्न हेर्न सुरु गरेँ । म पार्टनरसँग राम्रो याद बनाउन चाहान्थेँ । सबैभन्दा पहिले मलाई मैले गरेको काम सही छ कि छैन भनेर जान्ने इच्छा थियो । मैले पोर्न साइटहरु खोज्दै गएँ । मैले धेरै विकल्पहरु पनि भेटेँ । केही भिडियोहरुमा हिंसात्मक गतिविधिहरु पनि समेटिएका थिए । भिडियोमा जसरी महिलाले गतिविधि गरेकी थिइन् मलाई त्यस्ता गतिविधि सामान्य लाग्न थाल्यो ।’
उनले अगाडि लेखेकी छन्, ‘मलाई नराम्रो लागेपनि मैले ‘कुल’ बनाउने चिज खोजिरहेकी थिएँ । म शारीरिक सम्पर्कलाई सपिङ गर्दा महसुस हुने खुशी जस्तो रुपमा अनुभव गर्न चाहान्थे । जसले मेरो पार्टनरलाई मोहित गरोस् । यौनसम्पर्कको समयमा मेरो पार्टनर जतिसुकै हिंस्रक होस् त्यसलाई चुपचाप सहनुपर्छ भन्ने लाग्थ्यो ।’
उनले पोर्नले हरेक कुरालाई सहजै स्वीकार गर्नुपर्छ भन्ने गलत सोचको विकास गरिदिएको बताएकी छन् । उनी भन्छिन्, ‘मैले सुरुमा सम्बन्ध बनाएपछि नै मलाई नराम्रो लागेको व्यवहारलाई अस्वीकार गरिन । मैले मनमा यही कुरालाई राखेकी थिएँ कि पार्टनको हरेक हर्कत अस्वीकार नगरुँ । यसले मेरौ यौन जिवन तहसनहस भएर गयो ।’
विस्तारै उनले यो गतिविधि सही नभएको महसुस गर्न थालेको बताइन् । उनले यस्ता शारीरिक सम्पर्कले ज्यान समेत जाने डर उनीमा बढ्न थाल्यो । उनले अगाडि भनिन्, ‘पोर्नको असर वर्षौंसम्म रहीरह्यो । मैले यसकारण आफूलाई असुरक्षित महसुस गर्न थालेँ । मैले हरेक हिंसालाई स्वीकार गरेका कुराहरुले मनमा नराम्रो अनुभव हुन थाल्यो । शारीरिक सम्बन्ध दुई जनाकै राजीखुशीमा सहर्ष स्वीकार गरेर माया बढाउने प्रक्रिया हो भन्ने कुरा मैले धेरै पछि मात्र बुझेँ । हरेक सम्बन्धमा सभ्य तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुराको ज्ञान प्राप्त गरेकी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
-
प्रश्नपत्र चुहावट : यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण