अष्ट्रेलिया : ६ वर्षकी बालिकाले किनिन् सात करोडको घर
विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर एउटा यस्तो समाचार बाहिरिएको छ जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ ।
एक ६ वर्षकी बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर खरिद गरेकी छिन् । यो घरको मूल्य सुन्दा पनि तपाईंलाई अचम्म लाग्ला । ६ वर्षकी बालिकाले अष्ट्रेलियाको मेलवर्नमा करिब ७ लाख डलर पर्ने घर खरिद गरेकी छिन् । ६ वर्षकी बालिकाले खेल्ने कुद्ने समयमा लगभग ८ करोड नेपाली रुपैयाँ पर्ने घर किन किनिन् भन्नेबारे जानकारी लिऔं ।
रुबी, गस र लुसी म्याकलेनन भर्खरै एक घरका मालिक बनेका छन् ।
‘मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु,’ रुबीले सेभेनन्यूजलाई भनिन् ।
यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् ।
‘आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।
यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् ।
‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे ।
यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।
उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए ।
‘यो किताब मेरा सन्तानका लागि हो, उनीहरु अलि बुझ्ने भएपछि यसबारे थाहा पाउनेछन् । सम्पत्तिको पोर्टफोलियो बनाउनका लागि के कस्ता कदम चालिनुपर्छ भन्नेबारे मैले त्यसमा बताएको छु,’ म्याकलेननले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण