ज्येष्ठ नागरिक दिवस : जुम्लामा धुम्रपान निषेध गर्ने घोषणा
जेष्ठ नागरिक दिवस (११ पुस) का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधको घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषणा गरेका हुन् ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । यही क्रममा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेध क्षेत्र घोषणा गरेका हुन् । कतिपयले साथीभाइको करले, केहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र केहीले हर्षबढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका कारण धेरैको स्वास्थ्यमा समस्या भएकोले जेष्ठ नागरिकहरूले आफ्नो क्षेत्रलाई धुम्रपान निषेध क्षेत्र घोषणा गरेको तुलाराम न्यौपानेले बताए ।
उनले भने, ‘हाम्रो उद्देश्य भनेको जेष्ठ नागरिक सबैको घरघरमा धुम्रपान निषेध होस् भन्ने हो । तर, धेरै जेष्ठ नागरिक आफै धुम्रपान गर्ने भएकाले यस्तो कार्यको थालनी गरिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण