हुम्लामा काठ बोकेको ट्याक्टर दुर्घटना
आइतबार, ११ पुस २०७८, १७ : ५७
जिल्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आज बिहान दुर्घटना भएको छ । लु ४ त ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका– ७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका–७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए ।
उनका अनुसार मानवीय क्षत्री भने केही नभएको र ट्याक्टर भने पूर्ण रूपमा क्षति पुगेको बताइएको छ । ट्याक्टर करिब दुई तीन सय मिटर तल पुगेको खबर प्राप्त भएको छ । ट्याक्टर चालकको अवस्था भने सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका-३ बरगाउँका नुटुप लामाको रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण