मध्यपश्चिम र सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी
मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र तथा व्यवस्थापन शास्त्र सङ्काय केन्द्रीय क्याम्पस र सुर्खेत बहुमुखी क्याम्पसबीच सहकार्य गर्ने गरी आज आपसी समझदारी भएको हो ।
उक्त समझदारी पत्रमा सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनाल, मध्यपश्चिम विश्वविद्यालय शिक्षा तथा व्यवस्थापनशास्त्र सङ्काय केन्द्रीय क्याम्पसका प्रमुखद्वय जसविर रोका र दिपक सिंहले हस्ताक्षर गरेका थिए ।
यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्न प्राध्यापक–शिक्षक–कर्मचारी–विद्यार्थी र विज्ञबीच सिकाइ आदानप्रदान, अध्ययन–अनुसन्धान, प्रकाशनमा दुवैतर्फ सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डीन सहायक प्रा डा लीलाधर तिवारीले जानकारी दिए । सो अवसरमा व्यवस्थापन सङ्कायका डिन प्रा डा दीपबहादुर रावल र शिक्षा शास्त्र सङ्कायका पूर्व सहायक डीन विष्णुकुमार खडकाको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण