बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपश्चिम विश्वविद्यालयद्वारा १५ विधाका ‘एमयु अवार्ड’ घोषणा

कार्यालय सहयोगीदेखि डिनहरुले अवार्ड प्राप्त गर्न सक्ने
सोमबार, १२ पुस २०७८, १७ : ४४
सोमबार, १२ पुस २०७८

मध्यपश्चिम विश्वविद्यालयले ‘एमयु अवार्ड’ दिने भएको छ । विश्वविद्यालयले १५ विधाका ४० जनालाई ‘एमयु अवार्ड’ दिने भएको हो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहले सोमबार पत्रकार सम्मेलन गरी ‘अवार्ड’ दिने घोषणा गरेका हुन् । 

चालु आर्थिक वर्ष देखिनै कार्यान्वयन हुनेगरी विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान गर्नका लागि दिन थालिएको हो । उपकुलपति सिंहले विश्वविद्यालयले इतिहासमै पहिलोपटक १५ वर्गमा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुगोस् भन्ने उद्देश्यका साथ लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई समावेश गरी अवार्ड दिइने बताए । 

त्यसभित्र कार्यालय सहयोगी, सुरक्षा गार्डहरू पनि समावेश भएका छन् ।  जसमध्ये सबैभन्दा बढी राशी ५५ हजारको एमयु कुलपति अवार्ड रहेको छ  । त्यस्तै शंकायगत कार्यक्षमता अवार्ड ३ लाख ५० हजार राशीको रहेको छ । उक्त, रकम सम्बन्धित शंकायले शैक्षिक गतिविधिका लागि खर्च गर्नेछन् ।

यस्ता छन् अवार्ड शीर्षक 
१ .एमयु कुलपति अवार्ड
२. एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड
३. एमयु ‘गेम चेञ्ज’ एम्बेष्टर अवार्ड
४. उपकुलपति विद्यार्थी अवार्ड 
५.उत्कृष्ट रिसर्चर अवार्ड
६. शंकायगत क्षेत्र अवार्ड 
७. क्याम्पस इन्ष्टििचियुट र स्कुल पफर्मेन्स अवार्ड 
८.संस्थागत स्वच्छता र सुन्दर अवार्ड 
९. एमयु अन्तराष्ट्रिय प्रोफेसर अवार्ड 
१०.एमयु अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड
११.अन्तरशंकाय प्रोफेस्नल अवार्ड 
१२.एमयु पङ्च्वालिटी अवार्ड 
१३. एमयु इमान्दारीता अवार्ड
१४. खोज तथा प्रकाशन अवार्ड 
१५.उत्कृष्ट डिन अवार्ड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप