‘चिपक चिपक’ भन्दै केकीको पछि लागे नाजिर
काठमाडौं – अभिनेत्री केकी अधिकारी रानी भएकी छन् । चलचित्र ‘राज्जा रानी’मा उनले रानीको भुमिका निर्बाह गरेकी हुन् । यो चलचित्रमा उनको अपोति अर्थात राजाको भुमिकामा अभिनेता नाजिर देखिएका छन् ।
२१ पुसबाट देशब्यापी प्रदर्शनमा आउँने चलचित्रको ‘चिपक चिपक’ बोलको गीत बाँहिर ल्याइएको छ । प्रचार प्रसारलाई अगाडि बढाउनका लागि निर्माण युनिटले एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरेको हो ।
आर्यन फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको यो गीतमा दीपक शर्माले संगीत गरेका हुन् । केकी र नाजिर माथी गीत छायाँकन गरिएको छ । चलचित्र भित्र रहेको यो रोमान्टिक गीतमा नरहरि प्रेमी र सुमिनाको स्वर रहेको छ । शब्द भने राजेन्द्र थापाले कोरेका हुन् ।
विक्रम स्वाँरको नृत्य निर्देशनमा केकी र नाजिरको रसायन आकर्षक लाग्छ । अघिल्ला चलचित्रमा पहाडी विषयवस्तुमा कलम चलाउँदै आएका निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा चलचित्र निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण