समयमै ढुवानी नहुँदा मुगुवासी महँगोमा चामल किनेर खान बाध्य
खड्क सुनार
मुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाँका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानीको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महँगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् ।
खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८/०७९ मा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विन्टल, सोरुकोट डिपोमा एक हजार ५०० क्विन्टल, श्रीकोट डिपोमा एक हजार क्विन्टल र सदरमुकाम गमगढी बजारको लागि ११ हजार क्विन्टल स्वीकृत भएको थियो ।
तर, सदरमुकामबाहेक अन्य डिपोहरूमा केही खाद्यान्न ढुवानी भए पनि पर्याप्त मात्रामा खाद्यान्न ठेकेदारले समयमा ढुवानी नगर्दा स्थानीयवासीहरू सोरुकोटको सोरु बजार, खत्याडको माथचौर आसपासका बजार, पुलु र छाईलबजारबाट चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य छन् ।
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि सरकारबाट अनुदान खाद्यान्न व्यापार तथा व्यापार कम्पनी लिमीटेड कार्यालयबाट अनुदानमा अरुवा २५ केजीको एक हजार २००, जिरा मसिनो २५ केजीको एक हजार ७७५ रुपैयाँमा पाइने चामल पुलु बजारबाट तीन हजार रुपैयाँसम्म तिरेर खाने गरेको मुगमकामारोङ्ग गाउँपालिका–५ कि साग्मु लामाले बताइन् । मुगुमकामारोङ्ग गाँउपालिकामा २५/३० केजी चामल चार हजार ५०० मूल्य तिरेर खान बाध्य भएको छ्यावाङ्ग लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण