के पुरुषको उचाइ र उसको यौन जीवनबीच सम्बन्ध छ ?
पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ । ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना बढी सेक्स गतिविधिमा संलग्न हुन्छन् ।
न्यूयोर्क युनिभर्सिटीमा उचाइ र उनीहरूको व्यवहारसँग जोडिएको केही अन्य कुराको पनि खुलासा भएको छ । कम उचाइ भएका पुरुष घरको काम धेरै गर्ने पनि अध्ययनमा देखिएको छ । यो शोध ५३१ पुरुषमा गरिएको थियो । सोसल मिडियामा सेयर गरिएको यो शोधको नतिजालाई ‘स्पाइडर म्यानका अभिनेता एक्टर टम हालेन्ड’ले लाइक गरेका छन् । उनको उचाइ ५ फिट ८ इन्च मात्रै छ ।
शोधमा सामेल जुन पुरुषको उचाइ ५ फिट ९ इन्च भन्दा कम थियो उनीहरू सेक्सुअल्ली धेरै सक्रिय भएको अध्ययनमा पाइएको थियो । महिलाहरू अग्लो, कालो र ह्यान्डसम साथीको सपना देख्छन् । तर शोधका अनुसार छोटो उचाइ भएका पुरुषहरूमा आफ्नो पार्टनरलाई डिभोर्स दिने प्रवृत्ति पनि ३२ प्रतिशत कम पाइएको छ ।
शोधमा समावेश भएका कम लम्बाई भएका पुरुष अग्लाको तुलनामा सातामा १ घण्टा बढी घरको काम गर्ने गरेको पाइएको छ । उनीहरू पैसा कमाउने मामिलामा पनि अगाडि रहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
-
प्रश्नपत्र चुहावट : यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण