के पुरुषको उचाइ र उसको यौन जीवनबीच सम्बन्ध छ ?
पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ । ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना बढी सेक्स गतिविधिमा संलग्न हुन्छन् ।
न्यूयोर्क युनिभर्सिटीमा उचाइ र उनीहरूको व्यवहारसँग जोडिएको केही अन्य कुराको पनि खुलासा भएको छ । कम उचाइ भएका पुरुष घरको काम धेरै गर्ने पनि अध्ययनमा देखिएको छ । यो शोध ५३१ पुरुषमा गरिएको थियो । सोसल मिडियामा सेयर गरिएको यो शोधको नतिजालाई ‘स्पाइडर म्यानका अभिनेता एक्टर टम हालेन्ड’ले लाइक गरेका छन् । उनको उचाइ ५ फिट ८ इन्च मात्रै छ ।
शोधमा सामेल जुन पुरुषको उचाइ ५ फिट ९ इन्च भन्दा कम थियो उनीहरू सेक्सुअल्ली धेरै सक्रिय भएको अध्ययनमा पाइएको थियो । महिलाहरू अग्लो, कालो र ह्यान्डसम साथीको सपना देख्छन् । तर शोधका अनुसार छोटो उचाइ भएका पुरुषहरूमा आफ्नो पार्टनरलाई डिभोर्स दिने प्रवृत्ति पनि ३२ प्रतिशत कम पाइएको छ ।
शोधमा समावेश भएका कम लम्बाई भएका पुरुष अग्लाको तुलनामा सातामा १ घण्टा बढी घरको काम गर्ने गरेको पाइएको छ । उनीहरू पैसा कमाउने मामिलामा पनि अगाडि रहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै