अभयाको ‘रमाउन देऊ’ सँगै नाचे विद्यार्थी
काठमाडौं – अमेरिकाको सात शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर केही समय अघि नेपाल फर्किएको नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले विद्यालयका बालबालिका माझ आफ्ना गीत सुनाएको छ । राजधानीको बबरमहलमा रहेको ओलम्पिया वल्र्ड स्कुलमा शनिवार भएको ‘ओलम्पिया फेट(मेला)’मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिएको हो ।
अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको ब्याण्डले स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा गीत मार्फत बालबालिका, शिक्षक शिक्षिका तथा अभिभावकलाई नचाएको छ ।
‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा ब्याण्डकी गायिका अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् ।
अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । ‘अहिलेको प्रविधिको युगमा पनि महिलाहरु प्रति हेर्ने दृष्टिकोण पुरानै छ । यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफैमा सकारात्मक र सराहनीय काम हो,’अभयाले भनिन्,‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो ।’
मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् । मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुद लगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरु निकै रमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण