कर्णालीमा एमाले : आज ७ जिल्लामा प्रतिनिधि चयन गरिँदै, राष्ट्रियसभाका लागि ९ जनाको नाम सिफारिश
नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज शनिबार कर्णालीका ७ जिल्लामा प्रतिनिधि चयन गरिने भएको छ। एमाले प्रदेश कमिटीका अनुसार जुम्ला २० गते र जाजरकोटमा १८ गते प्रतिनिधि चयन गरिने छ भने कालिकोटका शुक्रबार प्रतिनिधि चयन गरिसकिएको छ ।
त्यसबाहेकका रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, मुगु, हुम्ला र डोल्पामा आजै प्रतिनिधि चयन गरिने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले रातोपाटीलाई जानकारी दिए । एमालेको जिल्ला अधिवेशन पुस २३ गने तोकिएको छ । उनका अनुसार जिल्ला अधिवेशनका लागि जिल्लाहरूले तयारी तीव्र पारिसकेका छन् ।
उनका अनुसार आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि कर्णालीबाट तिन ‘कलष्टर’ मा ९ जनाको नाम सिफारिश गरिएको छ । अध्यक्ष शाहका अनुसार महिलातर्फ जुम्लाको चन्दननाथ नगरपालिका– ७ जुलाकी गंगा थापा महत, छत्रेश्वरी गाउँपालिका–५ सल्यानकी कुन्ता बस्नेत र मुगुको मुगुमकार्मारोङ्ग गाउँपालिका–३ की सोनाम छोइजुङ् भोटे लामालाई सिफारिश गरिएको छ ।
अन्यतर्फ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का चुडामणी शर्मा, भेरी नगरपालिका–३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका–४ कालीकोटका हिरे सुनारलाई सिफारिश गरिएको छ ।
यस्तै अपाङ्गता तर्फ मुगुको छायाँनाथरारा नगरपालिका–१० रुपबहादुर बुढा, कालिकोटको खाँडाचक्र नगरपालिका–३ कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीलाई सिफारिश गरिएको उनले बताए ।
पार्टीले उल्लेखित नामबाट तीन जनालाई छान्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण