बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरु

आइतबार, १८ पुस २०७८, १० : ५९
आइतबार, १८ पुस २०७८

नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रूपमा अगाडी बढाउन भन्दै नेपाली सेनाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । पौष १८ गतेदेखि सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरमा सञ्चालन हुने ६ दिने कार्यक्रममा विभिन्न सञ्चार माध्यमका १९ जना रक्षा संवाददाताहरूलाई सहभागी गराएको छ । कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शुभारम्भ गरेका छन् । 

नेपाली सेनाको साङ्गठनिक स्वरूप, भूमिका, जिम्मेवारी तथा नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कार्यक्रमको शुभारम्भमा पश्चिम कमाण्ड हेडक्वार्टरका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप