कर्णालीमा राष्ट्रियसभाका तीन सदस्य पदमा ६ जनाको उम्मेदवारी
मङ्गलबार, २० पुस २०७८, १७ : ०५
कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । तीन सीटका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका गरी ३–३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट काँग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
गुरुङ महिलाबाट, बिष्ट अपाङ्गताबाट र बोहोराले अन्यबाट उम्मेदवारी दिएका हुन् । यस्तै एमालेबाट सुर्खेतका चुडामणी शर्मा, गंगा महत र पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते हुने निर्वाचनमा कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण