बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो
बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।
न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । बंगलादेशका लागि इबादत हुसैन हिरो साबित भए । उनले ५६ रन र्खेचर ६ विकेट लिए ।
दोस्रो पारीमा बंगलादेशलाई जीतका लागि मात्र ४० रन चाहिएको थियो । बंगलादेशले १७ ओभरमा सजिलै उक्त लक्ष्य पछ्यायो । शृङ्खलाको दोस्रो र अन्तिम टेस्ट शनिबार क्राइस्टचर्चमा हुनेछ ।
बंगलादेशले पहिलोपटक न्युजिल्याण्डलाई टेस्टमा हराएको हो । पछिल्ला १५ टेस्टमध्ये बंगलादेशले १२ मा हार बेहोरेको थियो भने तीनवटा बराबरीमा सकिएको थियो । अहिलेसम्म बंगलादेशले घरेलु मैदानबाहिर ६१ वटा टेस्ट खेलेको छ । यसमध्ये उसको यो मात्र छैटौँ जीत हो । यसअघि बंगलादेशले वेस्ट इन्डिज, श्रीलंका र जिम्बाव्वेमा दुई–दुई जीत हासिल गरेको थियो ।
उता, घरेलु मैदानमा न्युजिल्याण्डको सन् २०१७ पछि पहिलो हार हो । सन् २०१७ मा न्युजिल्याण्ड वेलिङटनमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
🔹 First win v New Zealand in New Zealand (in all formats)
— ICC (@ICC) January 5, 2022
🔹 First Test win v New Zealand
🔹 First away Test win against a team in the top five of the ICC Rankings
🔹 12 crucial #WTC23 points!
History for Bangladesh at Bay Oval!#NZvBAN pic.twitter.com/wTtmHfCITZ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण