मुगुमा दोस्रो पटक हिमपात
खड्क सुनार
हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुनः बुधबार रातिबाट दोस्रो पटक हिमपात भएको हो । जिल्लामा परेको दोस्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउँपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
हिमपातले उच्च हिमाली बस्ती सेताम्मे देखिएका छन् । एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुन हिमपात भएको स्थानीय मणिचन्द्र भामले बताए । हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ ।
उच्च क्षेत्रमा हिमपात भए पनि बेसीतिर झरी परेको छ । हिमपात र झरीले किसानहरू हर्षित भएका छन् । हिउँ परेपछि अन्नबाली फलफूल जडीबुटीको सप्रिने किसानहरूको भनाइ छ । हिमपातले लेकाली बस्तीका स्थानीयलाई आउजाउ गर्न, वस्तु चराउन र घाँस दाउरा ल्याउन भने मुस्किल भएको छ ।
जिल्लामा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि जिल्लामा सडकमार्ग लामो समयसम्म बन्द हुन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण