सौगातको बेनिशासँग ‘झ्यानाकुटी’
काठमाडौं –अभिनेता सौगात मल्लले अभिनेत्री बेनिशा हमाललाई पत्नीको रुपमा भित्र्याएका छन् । उनले रियल लाइफमा भन्दा पनि रिल लाइफका लागि बेनिशालाई पत्नी बनाएका हुन् ।
आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘झ्यानाकुटी’मा सौगात र बेनिशालाई पति पत्नीकोको रुपमा देख्न सकिन्छ । चलचित्रले अहिले एक नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा पनि सौगात र बेनिशाको रोमान्स देख्न सकिन्छ, भने सुमी मोक्तान र बालकलाकार एस्टल गुरुङ पनि देखिएका छन् ।
प्रदीप भारद्वाजको शब्द, बिकाश चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको यो गीत धम्पुसको रमणिय बाताबरणमा छायाँकन गरिएको निर्माण युनिटले जनाएको छ ।
निशा आधिकारी र सिमोश सुनुवारको निर्माण रहेको चलचित्र सिमोशले निर्देशन गरेका हुन् । चलचित्रले प्रेमपछि बिबाहमा बाँधिएका एक जोडीको कथा बिषयबस्तुको रुपमा देखाउने प्रयास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण