एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित
शुक्रबार, २३ पुस २०७८, ०८ : ३१
नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।
आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ । यस्तै उक्त बैठकले नेकपा (एमाले)मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण