गाउँ सडक सञ्जालमा जोडिएपछि स्थानीय हर्षित, चालक र यात्रुलाई फूलमाला लगाएर स्वागत
हुम्लाको दक्षिण भेग सर्केगाड गाउँपालिकाको गोठी र कुती गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय हर्षित भएका छन् । आफ्नै आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले विकासको अनुभूति गरेको स्थानीय कालीबहादुर छत्यालले बताए ।
सर्केगार्ड गाउँपालिका–५ को गोठीगाउँमा पहिलोपटक सामान र यात्रु बोकेको गाडी पुगेपछि स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका छत्याले बताए । सडक निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकामा निकै घम्साघम्सी परेको स्मरण गदै पहिलो वर्ष सडक निर्माण थालनी गर्दा कसैले नपत्याएता पनि आफ्नो एक्लो प्रयासल दुई वर्ष लगातार निर्माण गरेर गाउँमा सडक पुगेको वडाका अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।
एक करोड ६४ लाखमा पाँच किलोमिटर सडक निर्माण भएर दुई वटा गाउँमा सडक पुगेको वडाका अध्यक्ष कर्णजङ्ग शाहीले बताए । दुवै गाउँ सडक सञ्जालमा जोडिए पनि गोठी–५ क भुवा कल्लास गाउँसम्म जोड्न बाँकी रहेको शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण