मोटरसाइकलको ठक्करबाट मृत्यु प्रकरण : नक्कली चालक खडा गरेको भन्दै आन्दोलन
आइतबार मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएकी वीरेन्द्रनगर नगरपालिका–२ बाँङ्गेसिमलकी ६१ वर्षीय वृद्धा नन्दकली कँडेलका आफन्तले घटनाको छानविनको माग गर्दै आन्दोलन गरेका छन् । कँडेललाई आइतबार दिउँसो कर्णाली प्रदेश ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको आइतबार साँझ नै उपचारको क्रममा मृत्यु भइसकेको छ ।
आफन्तले चालकलाई कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । मोटरसाइकलका चालक फरार भएकाले सोमबार बिहानैदेखि मृतकका आफन्तले वीरेन्द्रनर भ्यालीको पश्चिमतिर पर्ने मुख्य सडक (कर्णाली राजमार्ग) मा आन्दोलन गरेका हुन् ।

आन्दोलनले गर्दा सुर्खेत–जुम्ला सडकमा चल्ने सवारी साधन ठप्प छन् । कँडेललाई ठक्कर दिने चालक घटनालगत्तै फरार भएको र उनको ठाउँमा मोटरसाइकल धनीले नक्कली चालक खडा गरेको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गराएका हुन् ।
प्रहरी चौकी बाङ्गेसिमलले दुर्घटनामा संलग्न भन्दै वीरेन्द्रनगर–२ दौलतपुरबाट–२५ वर्षीय नवराज सुनारलाई पक्राउ गरेको छ । कँडेलका आफन्तले भने घटना हुँदा सुनारले मोटरसाइकल नचलाएको र चालकको सवारी चालक अनुमति पत्र नभएपछि मोटरसाइकल धनीले नक्कली चालक खडा गरेको आरोप लगाएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले भने नक्कली चालक खडा नगरिएको बताए । ‘हामीले अनुसन्धानका लागि मोटरसाइकल धनी र अर्को ती व्यक्तिलाई ल्याएको हो,’ उनले भने, ‘तर परिवारका आफन्तले नक्कली चालक खडा गरियो भनेर हल्ला फैलाएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण