बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा साताभित्रै सरकारलाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय

मङ्गलबार, ०४ माघ २०७८, १८ : २७
मङ्गलबार, ०४ माघ २०७८

नेकपा माओवादी केन्द्र कर्णाली  प्रदेश संसदीय दलको बैठकले अबको एक साताभित्रै सरकारलाई पूर्णता दिने गरी पहल थाल्ने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्री जीवन बहादुर शाहीले मन्त्रिपरिषद्लाई पूर्णता दिन चासो नदिएकाले अब आफूहरुले नै तदारुकता दिनुपर्ने भएकाले गठबन्धनबीच छलफल गरिने रातोपाटीलाई जानकारी दिए।

उनले भने, ‘मुख्यतयाः मुख्यमन्त्रीले सरकारलाई पूर्ण दिने कुरामा चासो दिन सक्नुपर्थो तर त्यहो हुन् सकेन ।’

माओवादीले यसअघि चारवटा मन्त्रालयको दावी गर्दै आएको थियो। तर अब पहिला कुन दलले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लगाउने र त्यसपछि मात्रै मन्त्री छनोट गरिने उनले बताए ।
यस्तै राष्ट्रिय सभाका उम्मेदवारहरुलाई भोट दिने र बजेट कार्यान्वयनलाई कसरी तीव्र गतिमा अघि बढाउने भन्नेबारेमा पनि बैठकमा छलफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप