सुर्खेतको छिन्चुमा बसपार्क बन्ने, साढे १८ करोडभन्दा बढी लागत अनुमान
सुर्खेतको छिन्चुमा बसपार्क बन्ने भएको छ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार रहेको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा ‘छिन्चु बसपार्क’ बन्ने भएको हो । त्यसका लागि शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न गरिएको छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
छिन्चु बसपार्क आयोजना निर्माणको अनुमानित लागत १८ करोड ५८ लाख २० हजार अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोर्ने उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् । उनले भनिन्, ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको छ ।’

उनका अनुसार बसपार्क करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने छ । यस आयोजनाबाट हाल बजारमा अव्यवस्थितरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ ।
आचार्यले आयोजना गुणस्तरीय रुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने बताइन् । ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको बसपार्कले पूर्वाधारको मात्र विकास मात्र नभई सो क्षेत्रकै समस्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
साथै उनले आयोजना समयमै निर्माण सम्पन्न भइ उक्त क्षेत्रको मुहार परिवर्तनका लागि टेवा पुग्ने बताए । छिन्चु वीरेन्द्रनगरपछिको दोस्रो ठुलो बजार क्षेत्र भएको स्थान हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण