इरान एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम
शुक्रबार, १४ माघ २०७८, ०७ : ४०
इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।
इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ ।
दोस्रो स्थानको साउदीको १७ अंक छ ।
एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।
तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसंगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण