मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला
जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो ।
अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । ‘जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ ।’
उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो ।’ घटनाको भोलिपल्टदेखि नै फरार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण