शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकामा देखियो अनौठो केस : एचआईभी संक्रमितमा ९ महिनासम्म कोरोना संक्रमण, शरीरमा भयो भाइरसको २१ म्युटेसन

मङ्गलबार, १८ माघ २०७८, ११ : ४४
मङ्गलबार, १८ माघ २०७८

कोरोना भाइरसमा हुने म्युटेसन जनावरसँग–सँगै रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुमा पनि हुन सक्छ । यसको प्रमाण दक्षिण अफ्रिकामा भएको एक अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनका अनुसार एचआईभीसँग जुधिरहेकी एक महिलामा कोरोना संक्रमण भयो । उनको शरीरमा संक्रमण भएको ९ महिनासम्म भाइरसको असर देखियो । भने, ९ महिनामा भाइरसको २१ म्युटेसन भयो । यही म्युटेसन भविष्यमा नयाँ भेरियन्टको रुपमा देखापर्ने र विश्वभर महामारीको संकट पैदा गर्न सक्ने सम्भावना रहेको उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले पत्ता लगाएका छन् । 

महिलाको शरीरमा ९ महिनासम्म रह्यो संक्रमण 
युनिभर्सिटी अफ क्वाजुलु–नटालका वैज्ञानिकहरुले कोरोना संक्रमित भएकी २२ वर्षीया महिलाको शरीरमा भाइरसको असर ९ महिनासम्म रहेको बताएका छन् । संक्रमण भएपछि उनको एचआईभी÷एड्सको उपचार राम्रोसँग भइरहेको थिएन । तर, डाक्टरले उनलाई औषधि उपचार गर्न सुरु गरेपछि उनको रोग प्रतिरोधी क्षमता विकास भयो र ९ महिनापछि ६ देखि ९ हप्ताभित्रमा संक्रमणमुक्त भइन् । 

महिलाको शरीरमा भयो भाइरसको म्युटेसन 
अनुसन्धानका अनुसार महिलाको शरीरमा भएको भाइरसको स्पाइक प्रोटिनमा मात्रै १० म्युटेसन भेटियो । स्पाइक प्रोटिनमार्फत भाइरस दोस्रो शरीरमा घुसेर दोस्रो शरीरलाई पनि संक्रमित गराउँछ । यसका साथै, महिलामा कोरोनाको बीटा भेरियन्टबाट संक्रमित थिइन् । जुन दक्षिण अफ्रिकामा नै उत्पत्ति भएको थियो । विश्वभर हाल फैलिइरहेको ओमिक्रोन पनि अफ्रिकामा नै उत्पत्ति भएको थियो । 
वैज्ञानिकहरुले महिलाको शरीरमा भाइरसको रुप परिवर्तन भइरहेको बताएका छन् । उनमा ओमिक्रोन र ल्यान्बडा भेरियन्ट पनि देखिएको छ । तर, उनको शरीरमा केही म्युटेसन यस्तो भएको छ जुन भाइरससँग लड्ने क्षमता पनि राख्छ । 

रोग प्रतिरोधी क्षमता कम भएको शरीरमा हुनसक्छ म्युटेसन 
वैज्ञानिकका अनुसार कोरोना भाइरस कोरोना भाइरसको संक्रमण हुने व्यक्तिमा रोग प्रतिरोधी क्षमता कमजोर छ भने उनको शरीरमा भाइरसको म्युटेसन हुन सक्छ । यसैगरी, गम्भीर रोगी, एड्स, क्यान्सर लागेका व्यक्तिहरुको शरीरमा भाइरसको म्युटेसन हुने सम्भावना हुन्छ । 

दक्षिण अफ्रिकामा एचआईभी÷एड्सका बिरामीको संख्या धेरै छन् । विश्वमा एचआईभी संक्रमितको संख्या ६ करोडभन्दा बढी छ । जसमा दक्षिण अफ्रिकामा मात्रै ८२ लाख छन् । यो रोगका बिरामीहरुमा रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले उनीहरुको शरीरमा कोरोना भाइरसको संक्रमण हुँदा भाइरस म्युटेसन हुने सम्भावना धेरै हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप