त्रिविका पदाधिकारी कहिले पनिका त कहिले ‘पाङ्ग्रेघर’मा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टार प्राडा शिवलाल भुसाल र शिक्षाध्यक्ष प्राडा पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।
जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ त्रिवि समितिले दुई सातादेखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको मूल गेटमा तालाबन्दी गरेको छ ।
यसअघि विद्यार्थी संगठनले पनि पुस ६ देखि १९ गतेसम्म तालाबन्दी गरेका थिए । नेविसंघले यही माघ ६ गतेदेखि तालाबन्दी गरेपछि त्रिविको आर्थिक, प्राज्ञिक र प्रशासनिकलगायत सबै काम ठप्प छ । सम्बन्धन दिएको दुई महिनामै सम्बन्धन खारेज गरेपछि विरोधमा उत्रिएका विद्यार्थीले उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् । त्रिवि कार्यकारी परिषद्को बैठकले २०७७ पुस २८ मा दिएको सम्बन्धन २०७७ फागुन २८ मा खारेज गरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण