अन्तिम संस्कारको विज्ञापनमा नग्न मोडल राख्दा बबाल
रुसमा अन्तिम संस्कारको सेवा दिने एक कम्पनीको विज्ञापनमा विवाद भएको छ । कम्पनीको एक विज्ञापनमा कफिनसँग बिकिनी लगाएका महिलालाई देखाइएको छ । केही महिला कफिनमा पल्टिएको पनि देखिएका छन् । यस्तै, विज्ञापनमा केही महिलालाई नग्न पनि देखाइएको छ ।
यो विज्ञापन सोसल मिडियामा भाइरल हुने बित्तिकै प्रयोगकर्ताले मस्कोस्थित यो हिरोनिम अन्डरटेकर्स कम्पनीलाई ट्रोल गर्न सुरु गरेका छन् । कम्पनीले हालै आफ्नो इन्स्टाग्राम र टिकटक अकाउन्टमा ४२ सेकेन्डको विज्ञापनको भिडियो सेयर गरेको थियो । कतिले शोकमा पनि सेक्स बिक्छ भनेर प्रश्न सोधिरहेका छन् ।
भिडियोमा बिकिनी लगाएका मोडल कफिनसँगै उभिएका देखिएका छन् । मोडलहरु कफिनमाथि आपत्तिजनक स्थितिमा सुतिरहेको पनि देखिएका छन् । यो विज्ञापनमार्फत् कम्पनीले आफूले प्रदान गर्दै आएको सेवाको प्रोमोट गरिरहेको थियो ।
Semi-nude women advertise funeral service in 'tasteless' video https://t.co/a1MNbbY6Th pic.twitter.com/dsoc0d8UmB
— New York Post (@nypost) February 1, 2022
विज्ञापनको भिडियोलाई क्रमशः २१ र २२ जनवरीमा पोस्ट गरिएपछि टिकटक र इन्स्टाग्राममा यसलाई हज्जारौँ पटक हेरिइसकेको छ । विज्ञापनमार्फत् कम्पनीले आफूसँग अन्तिम संस्कारको पूरा प्रक्रिया आयोजनाका लागि प्रशिक्षित एजेन्ट भएको बताएका छन् । यो विज्ञापनको भिडियो भाइरल भएपछि सोसल मिडियामा कम्पनीको आलोचना भइरहेको छ ।
एक प्रयोगकर्ताले कम्पनीका कर्मचारीको दिमाग खराब भएको लेखेका छन् । जबकी अर्का एक प्रयोगकर्ताले मानिसले आफ्नो सीमा बिर्सिसकेको बताएका छन् । यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यस्तो दुःखको घडी र नीजि पलको विज्ञापनका लागि हामीलाई नग्न महिला किन चाहियो ?’ धेरैजसो प्रयोगकर्ताले यो विज्ञापनलाई आपत्तिजनक बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण