बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आज : फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति

शुक्रबार, २१ माघ २०७८, ०७ : ३८
शुक्रबार, २१ माघ २०७८

आज ४ फेब्रुबरी सन् २०२२ । प्र्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

फेसबुकको स्थापना 
सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू,  एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।

श्रीलंका स्वतन्त्र
सन् १९४८ मा श्रीलंकाले ब्रिटिश राष्ट्रमन्डलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १६औं शताब्दीदेखि टापुको देश श्रीलंका पोर्चुगल, नेदरल्यान्ड, र ग्रेट ब्रिटेनको उपनिवश थियो । 

संयुत्त राज्य अमेरिका स्थापना
सन् १८६१ मा संयुक्त राज्य अमेरिका स्थापना भएको थियो । महासंघ स्थापनाका लागि ६ ओटा राज्यहरु अलाबामाको मोन्टगोमेरीमा वैठक बसेको थियो । 

अमेरिकाको पहिलो राष्ट्रपति 
सन् १७८९ को ४ फेब्रुवरीमा अमेरिकाको पहिलो राष्ट्र«पतिमा जर्ज वासिंगटन निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप