उत्तर कोरियाली नेता किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा
उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ ।
आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्याउने किमले बताएका छन् । हिउँदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ । यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यम दूरीको व्यालिस्टिक मिसाइल (आईबीएम) सहित जनवरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ । उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो ।
उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण