विद्युतीय भुक्तानी सेवा दिने कम्पनीहरूमा पूर्वाधार कमजोर
विद्युतीय प्रविधिमा आधारित भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरू भने पर्याप्त भौतिक पूर्वाधारविना नै सञ्चालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) कम्पनीहरूले पर्याप्त भौतिक तथा प्राविधिक पूर्वाधारको व्यवस्था गर्न नसकेको भेटिएको हो ।
‘कम्पनीहरूले लाइसेन्सका लागि आवेदन दिँदा नै आवश्यक भौतिक तथा प्राविधिक पूर्वाधार तयार गरेको हुनुपर्छ,’ नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘तर, हामीले स्थलगत अनुगमन गर्दा केही कम्पनीहरूमा पूर्वाधारको अपर्याप्तता भेटिएकाले त्यो पूरा गर्न निर्देशन दिएका छौं ।’ कम्पनीहरूले लाइसेन्स पाएको समय धेरै नभएको र विद्युतीय भुक्तानी सेवालाई प्रवर्द्धन गर्ने राष्ट्र बैंकको नीतिअनुसार नै कारवाहीभन्दा पनि सुधारात्मक निर्देशन दिएर अगाडि लैजाने नीति लिइएको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण